शिक्षकका जायज माग पूरा गर्न सत्तापक्ष र प्रतिपक्षको सामुहिक प्रतिवद्धताको खाँचोः एमाले सांसद गैरे

बैशाख १६, २०८२ मंगलबार
शिक्षकका जायज माग पूरा गर्न सत्तापक्ष र प्रतिपक्षको सामुहिक प्रतिवद्धताको खाँचोः एमाले सांसद गैरे

नेकपा (एमाले) का सांसद ठाकुर गैरेले शिक्षकहरुका जायज माग पूरा गर्न सत्तापक्ष र प्रतिपक्षको सामुहिक प्रतिवद्धताको खाँचो रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद गैरेले सत्तापक्षले प्रतिपक्षलाई प्रतिपक्षले सत्तापक्षलाई आरोपित गरेर छुट पाउने ठाउँ नरहेको बताउनुभएको हो । उहाँले शिक्षासम्बन्धी संसदीय समितिको सभापति समेतगरी प्रतिपक्षी दलले लामो समयसम्म शिक्षा मन्त्रालयको नेतृत्व गरेको भएपनि शिक्षा ऐन टुंग्याउन नसकेको आरोप लगाउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images