सरकारले शिक्षकहरुलाई विद्यालय फर्किने वातावरण बनाओस्ः सांसद खतिवडा

बैशाख १६, २०८२ मंगलबार
सरकारले शिक्षकहरुलाई विद्यालय फर्किने वातावरण बनाओस्ः सांसद खतिवडा

नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले शिक्षकहरुलाई दिनैपिच्छे बानेश्वरको किनारमा प्रदर्शन गर्दै गीत गाउने रुपमा व्यवस्थापन नगरी विद्यालय फर्किने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद खतिवडाले यस्तो बताउनुभएको हो । उहाँले शिक्षकहरु काँग्रेस, एमाले र माओवादीका मात्र नभई समग्र देशका भएको उल्लेख उहाँले शिक्षकका माग सम्बोधन गर्न सरकार गम्भिर हुन जरुरी रहेको बताउनु भयो । उहाँले शिक्षकहरुका जायज माग सम्बोधन गर्ने विषयमा नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले संसदमा जवाफ दिने वातारण बनाउनुपर्नेमा उहाँको जोड छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images