एनआरएनए फुटाउने खेलमा नलाग्न महाधिवेशन प्रतिनिधिहरुको चेतावनी

बैशाख १६, २०८२ मंगलबार
एनआरएनए फुटाउने खेलमा नलाग्न महाधिवेशन प्रतिनिधिहरुको चेतावनी

गैरआवासीय नेपाली संघको एकता महाधिवेशनका लागि नेपाल आएका प्रतिनिधिहरुले महाधिवेशन सफल बनाउनुपर्नेमा जोड दिएका छन् । वर्तमान समयमा नेपालका राजनीतिक दलहरुले एनआरएनएका विषयमा फरक—फरक तरिकाबाट व्याख्या गरिदिएकाले पनि यो महाधिवेशन विशेष रहेको उनीहरुको भनाइ छ । मंगलवार नेपाल आएका युरोपका प्रतिनिधिहरुले नेपालको कानूनले दिएका सम्पूर्ण प्रक्रिया पूरा गरी महाधिवेशन सफल बनाउने बताएका छन् । बाध्यात्मक अवस्थामा महाधिवेशन गर्नुपर्ने भएकाले सञ्चारकर्मी, राजनीतिक दल, नागरिक समाजलगायत संवद्ध सबैलाई महाधिवेशन सफल बनाउन उनीहरुको आग्रह छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images