शिक्षकका माग सम्बोधनका लागि विपक्षी दलहरूले संसद्मा दर्ता गराएको जरुरी सार्वजनिक महत्वको प्रश्ताव कार्यसूचीमा नराखिएको भन्दै आपत्ति जनाएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले दर्ता गराएको प्रश्ताव प्रतिनिधि सभाको मंगलवारको बैठकको कार्यसूचीमा नराखिएको भन्दै उनीहरु भन्दै प्रतिपक्षीले आपत्ति जनाएका हुन् । सोमवार दर्ता गराएको पाण्डे प्रश्तावक रहेको प्रश्तावको समर्थकमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, नेकपा (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवर रहनुभएको छ ।