संसदीय समितिद्वारा सरकारलाई आ. व. २०८२/०८३ को नीति तथा कार्यक्रमबारे सुझाव प्रतिवेदन हस्तान्तरण

बैशाख १६, २०८२ मंगलबार
संसदीय समितिद्वारा सरकारलाई आ. व. २०८२/०८३ को नीति तथा कार्यक्रमबारे सुझाव प्रतिवेदन हस्तान्तरण

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिले सरकारलाई आ. व. २०८२/०८३ को नीति तथा कार्यक्रममा समितिले तयार पारेको सुझावसहितको प्रतिवेदन बुझाएको छ । मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले सरकारलाई आ. व. २०८२/०८३ को नीति तथा कार्यक्रममा समितिले तयार पारेको सुझावसहितको प्रतिवेदन हस्तान्तरण गरेको हो । समितिको बैठकमा समिति सभापति ठाकुरप्रसाद गैरेले रक्षामन्त्री मानवीर राईलाई सो प्रतिवेदन हस्तान्तरण गर्नुभयो । प्रतिवेदनमा नेपाल सरकारको आ. व. २०८२/०८३ को नीति तथा कार्यक्रममा समितिले तयार पारेको सुझाव र ध्यानाकर्षण सम्बन्धमा छलफल र सो सुझावहरु रहेका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images