एशियामा कम आय भएका अर्थतन्त्रहरूका लागि जोखिमको चेतावनी

बैशाख १६, २०८२ मंगलबार
एशियामा कम आय भएका अर्थतन्त्रहरूका लागि जोखिमको चेतावनी

चलिरहेको व्यापार तनावका कारण एशियाको वृद्धि सुस्त भइरहेको छ । आइएमएफका एसिया तथा प्रशान्त विभागका निर्देशक कृष्णा श्रीनिवासनले कम आय भएका एसिशाली अर्थतन्त्रहरू विशेषरूपमा प्रभावित हुनसक्ने चेतावनी दिनुभएको छ । गत बिहीवार आइएमएफले बढ्दो व्यापार तनावको बीचमा यस वर्ष एशिया र प्रशान्त क्षेत्रको वृद्धि ३.९ प्रतिशतमा झर्ने अनुमान गरेको छ । जुन अघिल्लो प्रक्षेपणभन्दा ०.५ प्रतिशत बिन्दुले गिरावट हो । आइएमएफले एशियाको लागि आफ्नो पछिल्लो प्रक्षेपण जारी गरेपछिको अन्तर्वार्तामा श्रीनिवासनले भने ट्यारिफ, व्यापार तनाव, बढेको अनिश्चितता र वित्तीय अवस्थाको कडापनलाई डाउनग्रेडको कारण बनाइएको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images