सगरमाथा संवादको तयारी तिब्रः ३ सय बढी विदेशी पाहुनालाई पठाइयो औपचारिक निमन्त्रणा

बैशाख १५, २०८२ सोमबार
सगरमाथा संवादको तयारी तिब्रः ३ सय बढी विदेशी पाहुनालाई पठाइयो औपचारिक निमन्त्रणा

सरकारले ‘सगरमाथा संवाद’ को तयारी तिब्र पारेको छ । आगामी अगामी जेठ २ देखि ४ गतेसम्म (मे १६ देखि १८ सम्म) ‘सगरमाथा संवाद’ नाममा विश्वस्तरीय सम्मेलनको आयोजना हुँदैछ । हिमनदी संरक्षण, हरित ऊर्जा र जलवायु न्यायका सवालहरू विश्व समुदायलाई जानकारी गराउन सरकारले ‘सगरमाथा संवाद’ गर्न लागेको हो । सगरमाथा संवादका लागि तीन सय बढी विशिष्ठ व्यक्तित्वहरुलाई निमन्त्रणा गरिएको सरकारले जनाएको छ । जलवायु परिवर्तन, हिमाल र मानव भविष्य’ विषयमा केन्द्रित रहने उक्त संवादले विश्वका नेता, नीति निर्माता र वातावरणविद्हरूका बीचमा बहस गराउने सरकारको तयारी छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images