नेपाली काँग्रेसकी नेतृ तथा पूर्वउपप्रधानमन्त्री सुजाता कोईरालाले मुलुकमा संघीय व्यवस्थाअनुरुपको विकास निर्माण हुन नसकेको बताउनुभएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तीन तहको सरकार भएर पनि विकासले भने गति लिन नसकेको बताउनुभएको हो । मुलुकको अर्थतन्त्र बलियो नभएसम्म मुलुक बलियो नहुने जिकिर गर्नुभयो । उहाँले विकास गाउँबाट हुनुपर्ने उल्लेख गर्नुभयो । उहाँले चीनमा विपीले परिकल्पना गर्नुभएको नगर भेट्टाएको बताउनु भयो ।