अध्यक्ष लिङदेनको आग्रह– ‘आग्रह/पूर्वाग्रहहरू त्यागौं, लुटतन्त्र र निरङ्कुशताविरुद्ध जुटौं’

बैशाख १५, २०८२ सोमबार
अध्यक्ष लिङदेनको आग्रह– ‘आग्रह/पूर्वाग्रहहरू त्यागौं, लुटतन्त्र र निरङ्कुशताविरुद्ध जुटौं’

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले लोकतन्त्रको नाममा भइरहेको लुटतन्त्र र निरङ्कुशता अन्त्य गर्न सबै राष्ट्रवादी शक्तिहरू एक हुनुपर्नेमा जोड दिनुभएको छ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा, नेपाल) ले सोमवार काठमाडौंमा आयोजना गरेको विरोध सभामा बोल्दै उहाँले यस्तो जोड दिनुभएको हो । राप्रपा अध्यक्ष लिङदेनले आँखाले देख्दा सबै ठिकठाक चलेको देखिए पनि मुलुक  वर्तमान समयको सबैभन्दा अप्ठ्यारो अवस्थामा चलिरहेको बताउनु भयो । उहाँले भ्रष्टाचार र कुशासनले देश आक्रान्त मात्रै नभएर भावी सन्ततिको भविष्य समेत अन्योल ग्रस्त बन्दै गएको आरोप लगाउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images