राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर बिष्टले देशमा गुण्डाहरुको शासन भएको आरोप लगाउनुभएको छ । राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाका लागि सोमवार राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालद्वारा काठमाडौंमा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । विगतमा राजाले नै बनाएका सांसदहरुले राजालाई झुक्याएर रातारात राजा र हिन्दु राष्ट्र खारेज गरी संघीयता लादेको जिकिर गुर्नभयो । उहाँले देशमा भइरहेका विभिन्न आन्दोलन र प्रदर्शनहरुमा सरकारको ध्यान नपुगेको बताउनु भयो ।