शिक्षा विधेयकबारे एमाले सांसद थापाले माग गरे शिक्षामन्त्रीको धारणा

बैशाख १५, २०८२ सोमबार
शिक्षा विधेयकबारे एमाले सांसद थापाले माग गरे शिक्षामन्त्रीको धारणा

नेकपा (एमाले) का सांसद सूर्यबहादुर थापा क्षेत्रीले शिक्षा विधेयकबारे शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको जवाफ माग गर्नुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै शिक्षा विधेयकमा शिक्षामन्त्री पन्तको धारणा माग गर्नुभएको हो । उहाँले संसद र देशलाई शिक्षा विधेयक यही अधिवेशनबाट टुंग्याउन तत्पर छौं भन्ने कुरा शिक्षामन्त्रीले जानकारी दिनुपर्ने बताउनु भयो ।  उहाँले शिक्षकको आईतवारको आन्दोलनमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै राष्ट्रसेवकमाथि यस्तो व्यवहार गरिनु उचित नभएको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images