राप्रपाको आरोप–सरकार फेरि दमनमा उत्रियो, के चाहेको हो ?

बैशाख १५, २०८२ सोमबार
राप्रपाको आरोप–सरकार फेरि दमनमा उत्रियो, के चाहेको हो ?

राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद रोशन कार्कीले सरकार फेरि दमनमा उत्रिएको भन्दै आलोचना गर्नुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले सरकारको आलोचना गर्नुभएको हो । उहाँले आईतवारको शिक्षक आन्दोलनमा सरकारले आफैँ घुसपैठ गराएर शिक्षकहरूमाथि लाठीचार्ज, पानीको फोहोर र अश्रु ग्यास प्रयोग गरेर ६२ जना शिक्षकलाई घाइते बनाएको बताउनु भयो । उहाँले सरकारले गत चैत १५ गते एक पत्रकारको हत्या गरेको आरोप लगाउँदै आईतवारको प्रदर्शनमा पत्रकार सविना कार्कीलाई घाइते बनाएको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images