श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता शरत सिंह भण्डारीले मधेसवादी राजनीतिक दलहरु एक हुनुपर्ने बताउनुभएको छ । लोसपाको जनकपुरधामस्थित नयाँ कार्यालय उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मधेसको नाममा र मधेसी शक्तिहरुको नाममा आफूहरुले धेरै चोट सहनुपरेको बताउनु भयो । उहाँले मधेसी राजनीतिक दलहरुको लक्ष्य सबै एक ठाउँमा उभिएर अघि बढ्नुपर्ने रहेको बताउनु भयो ।