इरानको बन्दरगाह विस्फोटमा २५ जनाको मृत्यु, ८ सय घाइते

बैशाख १५, २०८२ सोमबार
इरानको बन्दरगाह विस्फोटमा २५ जनाको मृत्यु, ८ सय घाइते

इरानको दक्षिणी प्रान्त होर्मोज्गानको बन्दरगाहमा शनिवार भएको ठूलो विस्फोटमा मृत्यु हुनेको संख्या २५ पुगेको छ । साथै ८ सय जना घाइते भएका छन् । घटनाको सही कारण अझै पत्ता लागेको छैन । प्रान्तीय राजधानी बन्दर अब्बासको शाहिद राजाई बन्दरगाहमा विस्फोट भएको थियो । जसपछि उद्धार टोलीहरू तुरुन्तै घटनास्थलमा पठाइएको थियो र सबै बन्दरगाह गतिविधिहरू निलम्वित गरिएको थियो । राष्ट्रिय विपद् व्यवस्थापन संगठनका प्रवक्ता हुसेन जफरीले फार्सलाई बताएअनुसार बन्दरगाहमा रहेको कन्टेनरमा रहेको रासायनिक पदार्थले विस्फोट गराएको हुनसक्छ ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images