राष्ट्रिय सभामा पर्यटन विधेयक पेश

बैशाख १४, २०८२ आइतबार
राष्ट्रिय सभामा पर्यटन विधेयक पेश

राष्ट्रिय सभामा पर्यटन विधेयक– २०८१ पेस भएको छ । आईतवार बसेको राष्ट्रिय सभाको बैठकमा पर्यटन विधेयक– २०८१ पेश भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले विधेयक पेश गर्नुभएको हो । पर्यटकीय गतिविधि प्रवद्र्धन, पर्यटक उद्योगको व्यवस्था तथा नियमन गर्न पर्यटकको हित, सुरक्षा र सुविधा अभिवृद्धि गर्न पर्यटनसम्बन्धी कानूनलाई संशोधन गरी समय अनुकुल बनाउन पेश गरिएको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images