संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको उडड्यन क्षेत्रमा व्यापक सुधारको आवश्यकता रहेको उल्लेख गर्दै त्यसको लागि आवश्यक ऐनहरु बनाउने गृहकार्यमा सरकार रहेको बताउनुभएको छ । प्रतिनिधि सभाको आईतवारको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक’माथिको सैद्धान्तिक छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्री पाण्डेले यस्तो बताउनुभएको हो । सरकार हवाई नीति परिवर्तन गर्ने तयारीमा रहेको उहाँको भनाइ छ ।