राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पाले सत्तामा हुँदा ठिक र प्रतिपक्षमा पुगेपछि बेठिक देख्ने परिपाटी ठिक नभएको बताउनुभएको छ । राष्ट्रिय सभाको आईतवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रतिपक्षीमा हुँदा खेरी सबै कुरा बेठिक देख्ने र सत्ता हुँदा सबै ठिक हुने यो प्रणाली नै बेठिक रहेको बताउनु भयो । उहाँले विद्यालय शिक्षा विधेयक, निजामती सेवा विधेयक लगायतका विषयमा भइरहेका प्रगतिबारे थाहा हुँदाहुँदै पनि अज्ञात बन्नु उचित नभएको बताउनु भयो । उहाँले सरकारलाई मात्रै दोष देखाएर प्रतिपक्षहरू पन्छिन नमिल्ने समेत बताउनु भयो ।