आगामी वैशाख १७ गतेदेखि राष्ट्रिय पुरुष तथा महिला हक्की प्रतियोगिता हुने भएको छ । नेपाल हक्की संघको आयोजनामा महिला र पुरूष राष्ट्रिय हक्की प्रतियोगिता हुन लागेको हो । आईतवार आयोजित पत्रकार सम्मेलनमार्फत संघकी महासचिव एवं राखेपकी कार्यकारी बोर्ड सदस्य सूवर्ण श्रेष्ठले प्रतियोगिताबारे जानकारी गराइन् । संघले वार्षिक कार्यक्रमअनुसार वैशाख १७ देखि २६ गतेसम्म राष्ट्रिय पुरुष हक्की तथा वैशाख १८ देखि २६ गतेसम्म राष्ट्रिय महिला हक्की प्रतियोगिता गर्न लागेको हो ।