प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र एमालेको नेतृत्वमाथि हमला गर्ने काम भइरहेको बताउनुभएको छ । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले एउटा मन्त्रीले राजीनामा गर्दा प्रधानमन्त्रीले असहयोग ग¥यो भन्नेजस्ता भ्रमहरु फैल्याएको जिकिर गर्नुभयो । उहाँले जसरी पनि नेतृत्वमाथि हमला गर्ने काम गरिरहेको र यसको नेतृत्व फटाहहरुले गरेको बताउनु भयो । उहाँले आफ्नो नागरिकताको नाम खड्गप्रसाद ओली होला भन्ने सोचेर विदेश (कम्बोडिया) मा लगानी गरेको भन्ने बिलमा खड्गप्रसाद ओली लेखेको बताउनु भयो । उक्त बिलबाटै उनीहरु पराजित भएको (खुस्किएको) प्रधानमन्त्री ओलीको भनाइ छ ।