राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले व्यवस्था र संविधानविरुद्ध देखिएका गतिविधिहरूलाई नजिकबाट नियाली रहेको बताउनुभएको छ । आईतवार राष्ट्रिय सभाको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । अध्यक्ष दाहालले नेपाली जनताको ठूलो त्याग र बलिदानबाट प्राप्त व्यवस्था र संविधानका विरुद्धमा देखिएका गतिविधिहरू नियाली रहेको बताउँदै सिङ्गो राष्ट्रिय सभा नै गम्भीर बन्न आवश्यक रहेको बताउनु भयो ।