शिक्षा विधेयकका १६३ वटा दफामध्ये १२७ वटामा सहमति भइसक्योः सांसद विश्वकर्मा

बैशाख १४, २०८२ आइतबार
शिक्षा विधेयकका १६३ वटा दफामध्ये १२७ वटामा सहमति भइसक्योः सांसद विश्वकर्मा

नेकपा एमालेका सांसद छविलाल विश्वकर्माले विद्यालय शिक्षा विधेयकका १६३ वटा दफामध्ये १२७ वटा दफाहरुमा सहमति भइसकेको बताउनुभएको छ ।  आईतवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले १६३ वटा दफामध्ये १२७ वटा दफाहरुको टुंगो लागिसकेको र बाँकी दफाहरु छिटै टुंग्याउने उल्लेख गर्नुभयो । उहाँले विद्यालय शिक्षा विधेयकलाई छिटो पारित गर्नेगरी काम भइरहेको र शिक्षा, सञ्चार तथा सूचना प्रविधि समितिले दिएको ३५ दिनको समय सीमाभित्र रहेर नै उपसमितिले काम सक्ने दाबी गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images