नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले जनमत पार्टीसँगको पार्टी एकता वैशाख १७ गते हुने बताउनुभएको छ । संसद भवन बाहिर सञ्चारकर्मीहरुसँगको कुरानकानीमा अध्यक्ष श्रेष्ठले जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच वैशाख १७ गते पार्टी एकता हुने बताउनुभएको हो । हउाँले १५ गते केन्द्रिय कमिटीको बैठक बसेर निर्णय लिने बताउनु भयो । उहाँले एकतापछिको पार्टीको नेतृत्वमा संरक्षकमा रेशम चौधरी, अध्यक्षमा डा. चन्द्रकान्त राउत र सहअध्यक्षमा रञ्जिता श्रेष्ठ रहने बताउनु भयो ।