नयाँ संविधान भएपनि कामको शैली पुरानैः कृष्णप्रसाद सिटौला

बैशाख १४, २०८२ आइतबार
नयाँ संविधान भएपनि कामको शैली पुरानैः कृष्णप्रसाद सिटौला

राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले मुलुकको मानसिकता अझै पनि सङ्घीयता बमोजिम नबनेको बताउनुभएको छ । आईतवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेताहरुको मानसिक अवस्था अझै पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूल मर्म र भावना अनुकुल बन्न नसकेको बताउनु भयो । उहाँले प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरू अझै पनि बजेटको लागि केन्द्रमै धाउने प्रवृत्ति अन्त्य हुन नसकेको बताउँदै केन्द्रिकृत, एकात्मक र सामन्ती संस्कारबाट अझै मुक्त हुन नसकेको बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images