नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले काम गर्न कसले रोकेको छ भन्दै सरकारमाथि प्रश्न गर्नुभएको छ । आईतवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो प्रश्न गर्नुभएको हो । उहाँले संविधान संशोधन र राष्ट्रलाई डेलिभरी दिने भन्दै मिलेका नेपाली काँग्रेस र नेकपा (एमाले)ले जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउनु भयो । उहाँले प्रतिपक्षीको मुखमा बिर्को लाग्ने गरी काम गर्न सरकारलाई आग्रह गर्नुभयो ।