नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले सरकारको प्राथमिकतामा राष्ट्रिय र जनसरोकारका विषयहरू नरहेको आरोप लगाउनुभएको छ । आईतवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले राज्यका महत्वपूर्ण निकायहरूमा दलहरूको प्रतिनिधित्व कसरी गराउने र सरकार कसरी टिकाउने भन्नेमा सरकारले सम्पूर्ण तागत खर्च गरिरहेको बताउनु भयो । उहाँले शिक्षकहरू २६ दिनदेखि सडक आन्दोलनमा रहेको बताउँदै उहाँले सरकारले माग सम्बोधन गर्न नसकेको आरोप लगाउनु भयो ।