उत्तर भारतमा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा नौ जनाको मृत्यु भएको छ । करिव सात जना घाइते भएका छन् । जसमध्ये केही गम्भीर घाइते भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ । देशको उत्तरी राज्य हरियाणामा द्रुतमार्गमा सरसफाई कर्मचारीहरूको समूहलाई तिब्र गतिमा गुडिरहेको ट्रकले ठक्कर दिँदा सात जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।