एमाले सांसदलाई ओलीको निर्देशनः विधेयक जसो पायो त्यसै पारित हुन नदिनुस्

बैशाख १३, २०८२ शनिबार
एमाले सांसदलाई ओलीको निर्देशनः विधेयक जसो पायो त्यसै पारित हुन नदिनुस्

प्रधानमन्त्री एवं नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले विधेयकहरुमा कमी कमजोरी भए सच्याएर पास गर्ने ल्याकत राख्नुपर्ने बताउनुभएको छ । शनिवार बानेश्वरमा बसेको नेकपा एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो आग्रह गर्नुभएको हो । उहाँले चालु अधिवेशनमा वर्षभरको राजनीति, अर्थतन्त्र, समाज र संस्कृतिलाई गाइड गर्ने बजेट ल्याइने बताउँदै यसले नै देशलाई कता लैजाने, कसरी लैजाने, कसरी विकास गर्ने भन्नेकुरालाई गाइड गर्ने उल्लेख गर्नुभयो । यसमा आत्मकेन्द्रित भएर नभइ गम्भीरतापूर्वक सोच्नुपर्ने बताउनु भयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images