प्रधानमन्त्री एवं नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्ला गर्नेहरु पुर्पुरोमा हात लगाउन थालेको बताउनुभएको छ । शनिवार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा आए लगत्तै सरकार ढल्छ भन्ने गरेकोप्रति लक्षित गर्दै अहिले पुर्पुरोमा हात लगाएर बस्ने गरेको टिप्पणी गर्नुभयो ।