एमाले सांसदहरुलाई अध्यक्ष ओलीको निर्देशनः संसदमा गलत कुराहरुको तत्काल प्रतिवाद गर्नूस्

बैशाख १३, २०८२ शनिबार
एमाले सांसदहरुलाई अध्यक्ष ओलीको निर्देशनः संसदमा गलत कुराहरुको तत्काल प्रतिवाद गर्नूस्

प्रधानमन्त्री एवं नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले संसदमा बोलिएका गलत कुराहरुको तत्काल प्रतिवाद गर्न निर्देशन दिनुभएको छ । शनिवार नयाँ बानेश्वरमा बसेको नेकपा एमालेको संसदीय दलको बैठकमा सांसदहरुलाई प्रशिक्षित गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिनुभएको हो । उहाँले संसदमा राष्ट्रियताको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने, अडान राख्ने, उभिने काम गर्न निर्देशन दिनुभयो । उहाँले राष्ट्रलाई विभिन्न ढंगले कमजोर पार्ने खालका क्रियाकलाप र प्रवृत्तिहरु त्यस्ता कुरालाई आलोचना गर्न आग्रह गर्नुभयो । देश भन्दा ठूलो अरु नहुने भन्दै उहाँले देशप्रति निष्ठा नहुने तत्वहरुको मुखुण्डो उतार्नुपर्ने बताउनु भयो । देशभक्तिको भावनालाई, देशभक्तिका पक्षहरुलाई उजागर गर्न, जनतालाई जागरुक बनाउने कुरामा अघि बढ्न आग्रह गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images