नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अहिले अहिले माओवादीहरुसँग बन्दुक नभएकाले प्रचार संयन्त्रमार्फत नै बुर्जुवाहरुसँगको लडाईं लड्नुपर्ने बताउनुभएको छ । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले अहिले आफूहरुसँग बन्दुक नरहेकाले प्रचारमार्फत नै बुर्जुवाहरुसँग लड्नुपर्ने बताउनुभएको हो । उहाँले अहिले बन्दुक चलाएर अगाडि जाने परिस्थिति पनि नभएको बताउनु भयो । उहाँले ्रचार संयन्त्रमार्फत नै वैदेशिक प्रतिक्रियावाद, देशभित्रका सबै यथास्थितिवादीसँग र प्रतिगामी षड्यन्त्रका बिरुद्ध लड्न आवश्यक रहेको बताउनु भयो ।