जनकपुरधाममा चिकित्सकहरूको विरोध प्रदर्शन

बैशाख १२, २०८२ शुक्रबार
जनकपुरधाममा चिकित्सकहरूको विरोध प्रदर्शन

नेपाल चिकित्सक संघको आह्वानमा तथा जनकपुर अञ्चल शाखाको अगुवाइमा जनकपुरधाममा चिकित्सकहरूले विरोध प्रदर्शन गरेका छन् । आन्दोलन अन्तर्गत शुक्रवार जिल्ला प्रशासन कार्यालय, धनुषामा आयोजना गरिएको धर्नामा सयौं चिकित्सकहरूको उपस्थिति रहेको थियो । उनीहरूले आपतकालीन सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरेका छन् । चिकित्सकहरूकाअनुसार चिकित्सा शिक्षा आयोगको १६ औं बैठकमा आवासीय चिकित्सकहरूलाई जीवन निर्वाह भत्ता उपलब्ध गराउने निर्णय भएपनि हालसम्म कार्यान्वयन नभएको भन्दै आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको जनाएका छन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images