राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले मुलुकमा परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध सिर्जना गर्ने काम गरेको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै कार्यवाहक सभापति अर्यालले यस्तो बताउनुभएको हो । उहाँले दैनिक १८ घण्टा काम गरेर देशलाई उज्यालो बनाउने व्यक्ति नै सरकारको निशानामा परेको टिप्पणी गर्नुभयो । गभर्नरर विभिन्न आयोगहरुमा भएको नियुक्ति शिक्षक र स्वास्थ्यकर्मीको आन्दोलन तथा शिक्षामन्त्रीको राजीनामाले सरकारको लाज ढाक्न नसकेको उहाँको भनाइ छ । उहाँले सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित र सम्मानजनक बनाउन नसकेकोमा उल्लेख गर्दै गम्भिर हुन सरकारको ध्यानाकर्षण गराउनु भयो ।