विश्व औलो दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । शुक्रवार विश्व औलो दिवस २०८२ को अवसरमा जनस्वास्थ्य कार्यालय भक्तपुरले जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूसँग अन्तरक्रिया गरेको छ । सन् २००३ मा बसेको विश्व स्वास्थ्य सम्मेलनको ६० औँ सभाले सन् २००८ देखि २५ अप्रिललाई विश्व औलो दिवस मनाउने निर्णय गरेको थियो । सोहीअनुरूप पनि हरेक वर्ष नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी विश्व औलो दिवस मनाउने गरिन्छ ।