नेकपा एमालेका सचिव गोकर्ण विष्टले विश्व अर्थतन्त्रमा विश्व अर्थतन्त्रका देखापरेको समस्या र चुनौतिलाई मध्यनजर गरी आगामी आर्थिक वर्षको बजेट आउनुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विश्व अर्थतन्त्रमा नयाँ प्रकारका संकट र समस्याहरु देखिएको बताउनु भयो । उहाँले अति विकसित देशहरुको व्यापार युद्धको प्रतिष्पर्धाको प्रत्यक्षरुपमा प्रतिकुल असरका सामना नेपालले पनि गर्नुपर्ने बताउनु भयो ।