काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले सम्पदामा राजनीति गर्न नहुने बताउनुभएको छ । शुक्रवार अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौंं उपत्यका विश्व सम्पदा क्षेत्र) को तेस्रो वार्षिक बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सम्पदा क्षेत्रभित्र जियो पोलिटिक्स नभइ नेपाली नै सहभागी हुनुपर्ने बताउनु भयो । उहाँले सम्पदा निर्माणमा नेपालीकै लगानी गर्न राम्रो हुने बताउनु भयो । उहाँले सम्पदा संरक्षमा गर्व गर्न लायक काम हुनुपर्ने बताउनु भयो । सम्पदाहरु नेपालीले बनाएको हो भन्ने उदाहरण हुनुपर्नेमा महानगरले जोड दिइरहेको बताउनु भयो ।