नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरले वीरहरुले बलिदानी दिएर प्राप्त गरेको लोकतान्त्रि गणतन्त्रलाई सिध्याइदिन्छु भन्ने दुःशाहस नगर्न राजावादीहरुलाई चेतावनी दिनुभएको छ । प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै प्रमुख सचेतक घिमिरेले यस्तो चेतावनी दिनुभएको हो । विभिन्न प्रलोभनमा दुई÷चार हजार मान्छे जम्मा पारेर तोडफोड, आगजनी र लुटपाट गर्दैमा व्यवस्था नपल्टिने उहाँको भनाइ छ ।