शोक प्रश्ताव पारित गर्दै सकियो राष्ट्रिय सभाको पहिलो बैठक

बैशाख १२, २०८२ शुक्रबार
शोक प्रश्ताव पारित गर्दै सकियो राष्ट्रिय सभाको पहिलो बैठक

राष्ट्रिय सभाको १८ औं अधिवशेनको पहिलो बैठक शोक प्रश्ताव पारित गरेर सकिएको छ । शुक्रवार बसेको सभाको पहिलो बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा सभा समक्ष पढेर सुनाउनु भयो । लगत्तै अध्यक्ष दाहालले लोकतन्त्र प्राप्तिका लागि जीवन आहुति दिनुभएका ज्ञात/अज्ञात शहीदहरुप्रति सभामा १ मिनेट उभिएर मौनधारण गर्न आग्रह गर्नुभयो । साथै बैठकमा अध्यक्ष दाहालले पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधनमा शोक प्रश्ताव प्रश्तुत गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images