ललितपुर महानगरको विकास रेगुलर बिजनेस हो, कसैले रोकेर रोकिँदैनः मेयर महर्जन

बैशाख १२, २०८२ शुक्रबार
ललितपुर महानगरको विकास रेगुलर बिजनेस हो, कसैले रोकेर रोकिँदैनः मेयर महर्जन

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिको विकास कसैले रोकेर नरोकिने बताउनुभएको छ । २०७२ सालमा गएको भूकम्पको संस्मरणमा ललितपुर महानगरपालिकाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ललितपुर महानगरपालिकाको विकास निर्माण रेगुलर बिजनेस भएको जिकिर गर्नुभयो । उहाँले आपत् विपद् आउँदा अति राम्रोसँग नगरवासीको सेवा गर्न सक्नुपर्ने बताउनु भयो । नेपालमा रहेका २ सय ९३ वटा पालिकाहरुमध्ये विपद्को व्यवस्थापन र विपद्पछि त्यसलाई सम्बोधन गर्ने अवयवहरुमा ललितपुर महानगरपालिका अब्बल रहेको दाबी गर्नुभयो । यसको आधार महानगरपालिकाले एकै छानामुनि विपद्को व्यवस्थापन गरेको दाबी गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images