नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिगामी तत्वहरुले नेपाललाई अस्थिरतातर्फ धकेल्न युवामा निराशा पैदा गरिरहेको आरोप लगाउनुभएको छ । बिहीवार काठमाडौंमा नेकपा एमालेले आयोजना गरेको युवा उत्सवलाई सम्बोधन गर्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले नेपाललाई कमजोर बनाएर स्वार्थसिद्ध गर्न चाहने अन्तर्राष्ट्रिय तत्वहरुले समृद्धिको दिशामा नेतृत्व दिन सक्षम पार्टीलाई श्रृङ्खलावद्ध रुपमा आक्रमण गरेको बताउनु भयो । उहाँले नेपाललाई समृद्ध बनाउने जिम्मेवारी युवाको काँधमा रहेको बताउनु भयो । तीन पुस्ताको संयोजनबाट राजनीतिक आन्दोलन अघि बढ्ने बताउनु भयो ।