नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले वार्ताका माध्यमबाट शिक्षकहरुका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभएको छ । बिहीवार सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्षमा पदभार ग्रहण गर्दै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो । उहाँले आफू मन्त्रालयमा प्रवेश गरेको र समस्याको बारेमा जानकार रहेको बताउनु भयो । उहाँले समस्या समाधानका लागि मन्त्रालयले कस्तो प्रयास गरिरहेको छ भन्नेबारेमा बुझेर थप निर्णय लिने जानकारी दिनुभयो । वार्ताका माध्यमबाट समस्या समाधान गर्नेमा आफ्नो ध्यान केन्द्रित हुने बताउनु भयो ।