पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा भएको सडक दुर्घटनामा कम्तिमा १३ जनाको मृत्यु र २० जना घाइते भएको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन् । स्थानीय प्रहरी स्रोतकाअनुसार जमशोरो जिल्लामा यो घटना भएको हो । जहाँ ३० भन्दा बढी व्यक्ति बोकेको यात्रुवाहक भ्यान सडकबाट खसेर खोलामा खसेको थियो ।