जोर्डनका गृहमन्त्री माजेन फरायेहले बुधवार मुस्लिम ब्रदरहुडको सबै गतिविधिहरूमा प्रतिवन्धको घोषणा गर्दै समूहसँग सम्बन्धित पाइएका कुनैपनि व्यक्ति वा संस्था विरुद्ध आवश्यक कारबाही गर्ने बताउनुभएको छ । राज्यद्वारा सञ्चालित अल ममलाका टिभीमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रीले समूहको कुनैपनि गतिविधि, तिनीहरूको प्रकृति जस्तोसुकै भएपनि कानूनको उल्लङ्घन मानिने र कानूनी जवाफदेहिताको अधीनमा रहने कुरामा जोड दिनुभयो । फरायेहले सम्बन्धित अदालतको फैसलाअनुसार मुस्लिम ब्रदरहुडको सम्पत्ति जफत गर्ने जिम्मेवारी पाएको विघटन समितिको कामलाई तिब्र बनाउन आग्रह गर्नुभयो ।