लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गराएरै छोड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बुधवार रुपन्देहीमा आयोजित ‘गौतमबुद्ध विमानस्थलको दिगो सञ्चालन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री आचार्यले यस्तो बताउनुभएको हो । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको नेतृत्व प्रदेश सरकारले लिने उहाँको भनाइ छ । उहाँले श्रमिकको स्वास्थ्य परिक्षण, श्रम स्वीकृति र भिसाका लागि आवश्यक संयन्त्रहरु स्थापना नहुँदा विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउन नसकेको समेत बताउनु भयो ।