सत्ताको लोभबाट माओवादी बाहिर आउन सकेनः घनश्याम भुसाल

बैशाख ९, २०८२ मंगलबार
सत्ताको लोभबाट माओवादी बाहिर आउन सकेनः घनश्याम भुसाल

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले नेकपा (माओवादी केन्द्र) सत्ताको लोभबाट बाहिर निस्किन नसकेको बताउनुभएको छ ।  मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले माओवादी अहिलेको सरकार हटाएर काँग्रेस नेतृत्वको सरकार बनोस् भन्ने पक्षमा रहेको बताउनु भयो । उहाँले काँग्रेसको अहिलेको नेतृत्व आएर देशका सबै समस्या समाधान हुन्छन् ? भन्दै प्रश्न गर्नुभयो । उहाँले काँग्रेस लायक पार्टी नभएको आरोप लगाउनु भयो । उहाँले माओवादीले गणतन्त्र आफूले ल्याएको र यसको भोग पनि आफूले मात्रै गर्न पाउनुपर्ने तर्क गरेर हिँडिरहेको भन्दै यसबाट देश बन्न नसक्ने जिकिर गर्नुभयो ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images