शिक्षक आन्दोलन चर्किरहेको बेला शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा

बैशाख ८, २०८२ सोमबार
शिक्षक आन्दोलन चर्किरहेको बेला शिक्षामन्त्री भट्टराईद्वारा राजीनामा

काठमाडौंको सडकमा चर्किरहेको शिक्षकहरूको आन्दोलनकाबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिनुभएको छ । देशभरका शिक्षकहरूले सङ्घीय राजधानीको सडकमा चर्काएको १९ दिन पुग्दा यता शिक्षामन्त्री भट्टराईले भने पदबाट राजीनामा दिनुभएको हो । उहाँले सोमवार अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा पत्र बुझाउनु भयो । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका देशभरका शिक्षकहरूको मागलाई सम्बोधन गर्न उहाँ सक्रिय रूपमा लाग्नुभएको थियो । तर शिक्षकका माग सम्बोधन गर्न सरकारले प्रधानमन्त्री ओली र सरकारले नै चासो नदिएपछि उहाँ दबाबमा पर्नुभएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।

न्युज एजेन्सी नेपाल नेपालको पहिलो गैरसरकारी र सबैभन्दा ठूलो समाचार एजेन्सी हो । यसले उत्पादन गरेका सबै समाचार, फोटो र भिडियो विना अनुमति कसैले प्रयोग गर्न पाउदैन । विनाअनुमति कसैले प्रयोग गरेको पाईएमा कानुनत: दण्डनीय मानिन्छ । तपाई हाम्रो ग्राहक बन्न र प्रयोग गर्न सक्नुहुनेछ। ग्राहक बन्न आजै सदस्यता लिनुहोस्

images