नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले सेवा निवृत्त निजामती कर्मचारीले सरकारी कोषबाट दोहोरो सुविधा लिन नपाउने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाअन्तर्गको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले यस्तो बताउनुभएको हो । उहाँले ‘पेन्सनप्राप्त’ कर्मचारीले राजनीतिक वा अन्य कुनै नियुक्ति पाउँदा एउटा मात्र सुविधा लिन पाउने व्यवस्था गर्नुपर्ने बताउनु भयो ।