कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले हिमाली क्षेत्रमा याक र चौँरी पालन संरक्षण र प्रवद्र्धनमा संगठित प्रयास गर्नुपर्ने बताउनुभएको छ । याक दिवसको अवसरमा ललतिपुरमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले पछिलो समय जलवायु परिवर्तन तथा युवापुस्ताको बसाईंसराई जस्ता कारणले याक र चौँरी पालन घट्दो अवस्थामा रहेको बताउनु भयो । उहाँले हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायको आर्थिक आयआर्जनको प्रमुख स्रोत चाँैरी पालन भएको बताउनु भयो ।