रक्षामन्त्री मानवीर राईले नेपाल धेरै पछि परेको कुरा सबैलाई अनुभुति भएको बताउनुभएको छ । शुक्रवारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेसम्म निजामति कर्मचारी सेवा ऐन, विद्यालय शिक्षा ऐन पारित हुन नसक्नुले यो अवस्थालाई चित्रित गरेको उल्लेख गर्नुभयो । उहाँले विधेयकमा केरै कुराहरु मिलिसकेको र विमति रहेका बाँकी कुरामा पनि सहमति जुट्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले निजामति सेवा ऐन बनाउने कुरा राजनीतिक विषय नभइ सबैको साझा विषय भएको बताउनु भयो । उहाँले सरकारले समस्याहरु फुकाउँदै छिटो ऐनहरु पारित होस् भन्ने चाहेको बताउनु भयो ।