नेकपा (माओवादी केन्द्र)ले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संसोधन विधेयकको खोजि गरेको छ । शुक्रवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामति विधेयकको उपसमितिको प्रतिवेदनमाथिको छलफलमा पार्टीका प्रमुख सचेतक हितराज पाण्डेले अख्तियार विधेयकको खोजि गर्नुभएको हो । उहाँले उपसमितिले पास गरेको विधेयक अख्तियार दुरुपयोग अनुसन्धान आयोग एन संशोधन विधेयक दराजमा थन्केर बसेको बताउनु भयो । उहाँले अख्तियार दुरुपयोग अुनसन्धान आयोग ऐन संशोधन विधेयकमा धमिरा लाग्यो कि भन्ने चिन्ता रहेको बताउनु भयो । उहाँले उक्त विधेयकलाई छिटो पास गरेर संसदमा लैजानुपर्ने बताउनु भयो ।