प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वका समयमा भएका जघन्य अपराधका घटनालाई माफी दिन नसकिने बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले द्वन्द्वको समय भएका अमानवीय तथा चरम आतना जस्ता जघन्य अपराधका घटनामा संलग्नमाथि छुट दिन नमिल्ने बताउनु भयो । उहाँले माफी दिन सकिने घटनाहरुलाई मेलमिलापको बाटोबाट अन्त्य गरिने बताउनु भयो । उहाँले सत्य निरुपण तथा मेलमिलाप आयोगले द्वन्द्व पीडितलाई न्याय दिलाउन सरकारले काम गरिरहेको बताउनु भयो । उहाँले अहिले द्वन्द्वको अन्त्य र पीडितलाई न्याय दिने समय भएकाले कसैले पनि अन्यायमा पर्न नपर्ने बताउनु भयो । पीडितलाई परिपूरणको माध्यमबाट सरकारले न्याय दिने उहाँको भनाइ छ ।